www.tandavnews.com
Fact ~ In search of truth

साग :गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन् ।

Batas

उनले बंगलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.