www.tandavnews.com
Fact ~ In search of truth

रजतमा ‘स्वर्णकै सन्तुष्टि’

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज ।

केही पाउन केही गुमाउनु अवश्य पर्छ, जमुना थापाले मोवाईल गुमाए साईकल पाए अनि जागिर गुमाए सट्टामा रजत पदक पाए ।

Batas

उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा साईकिलिङ अन्तर्गत काठमाण्डौको गोकर्णेश्वर खेल मैदानमा बुधबार सम्पन्न डाउनहिलमा रजत पदक पाएका ह्ुन् । थापाले रजत पदक पाएपनि त्यसमै स्वर्णको सन्तुष्टि मिलेको सुनाउछिन् ।

उनले ४ राष्ट्रका साईकिलिस्टहरुलाई पछि पार्दै रजत सम्म पुगिन तर नेपालकै च्यम्पियन निष्मा श्रेष्ठलाई भने स्तब्ध पार्न सकिनन् । निर्धारित १ किलोमिटरको दुरी निष्माले २ मिनेट २२ सेकेण्डमा पार गर्दै स्वर्णको हकदार बनिन् भने सोही दुरी पोखरेली थापाले २ मिनेट ४१ सेकेण्डमा पार गर्दै रजत पदक आफ्नो नाममा कब्जा गरिन् ।

थापाको लागि यो पदक रजत मात्र होईन दरिलो उत्प्रेरणा समेत बनेको छ । जागिर छोडेर पदकका लागि ३ महिना बन्द प्रशिक्षणमा रहेकी उनले स्वर्णकै सन्तुष्टि पाएको भन्दै खुशि छिन् । उनले विगत सम्झदै सुनाउछिन, ‘मेरो प्यासन थियो, मलाई यसमै रस बसिसकेको छ । त्यसैले त जागिर छोडे ।’

पदक पछाडिको रहस्य

लक्ष्य स्वर्ण पदक नै रहेको भएपनि रजत प्राप्त गर्नुसम्मको सँघर्ष खुलेरै सुनाउछिन उनी । पोखरा महानगरपालिका ६ बैदामकी स्थायी बासिन्दा भएपनि उच्च वर्गीय परिवारको दाँजोमा आउदैन थापा परिवार । उमेरले भर्खर १ बिसे २ वर्ष पुगेकी उनी परिवारकी कान्छी छोरी हुन् । आज भन्दा ३ महिना अघिसम्म उनको दिदी र आमासँगै उनले पनि जागिर खान्थिन् भने अहिले सागको लागि बेरोजगारी बनेकी छिन् ।

जागिर नै छाडेर आफ्नो प्यासन पुरा गर्न हानिईन् काठमाडौं । साथमा आफ्नो पहिलो साईकल साथमा लिएर । अति प्यारो लाग्छ थापालाई त्यो साईकल । जसलाई पाउन उनले मोवाईल बेचेकी थिइन् । कुल १ लाख ३० हजार पर्ने ट्रेक व्राण्डको सो साईकल उनले किस्ताबन्दीमा किनेको बताउँछिन् । ‘मोवाईल १५ हजारमा बेचे, मम्मीसँग ५ हजार मागेर २० हजार पुर्याए अनि झिके, उनी भन्छिन्, ‘पछि अग्रज दाईहरुले काठमाण्डौबाट पनि सहयोग गरिदिनुभयो अहिले सबै चुक्ता भयो ।’

उनले उक्त साईकल डाउन हिलमा प्रयोग गर्न नमिल्ने बताईन् । ‘सामान्य साईकल हो, यो प्रतिस्पर्धामा युज गर्न मिल्दैन, थापाले भनिन् ।सो साईकललाई साथै लगेका थापा ३ महिना त उनी बन्द प्रशिक्षणमै ब्यस्त रहिन् । तर आफ्नो साईकलको प्रयोग भने भएन ।

सोही बन्द प्रशिक्षणमा नेपाल च्याम्पियन निष्मा श्रेष्ठ पनि थिईन् जस्ले डाउनहिल साईकल हुईक्याउन थालेको ७ वर्ष भैसकेछ । तर थापाले भने साग हुन ३ महिना अगाव मात्रै डाउनहिल साईकलको ह्याण्डलमा हात राख्न भ्याएकी थिईन् । त्यो उनको लागि अवसर र चुनौती दुवै रहेको थापाले बताईन् । उनलाई साईकिलिङ् सँघले सबै व्यवस्था मिलाईदिएको बताउदै सबैबाट सहयोग मिलेको सुनाईन् ।

‘बन्द प्रशिक्षणमा मैले धेरै कुरा सिक्ने मौका पाए, उनले भनिन्, १ दिन अगाडि भएको छनौट चरणमा स्वर्ण बिजेता निष्मा भन्दा म ४ सेकेण्डले मात्रै पछि थिए । डाउनहिलमा जित्छु भन्ने सोचेको थिए तर लड्न पुगे । त्यसैले रजत मात्र हात पारे । थापाले सो प्रतिस्पर्धाबाट स्वर्ण जित्न नसकेपनि धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गर्दै भन्छिन्, ‘रजत नै मेरो लागि स्वर्ण हो ।’

थापाले साईकिलिङ प्यासन भएको बताउदै रस बसिसकेको बताईन् । मैले सामान्य साईकल त ७ वर्षको हुदा देखीनै चलाउथे, उनले भनिन्, ‘मलाई साईकिलिस्ट बन्ने सौख थियो । निम्न परिवारको सदस्य भएपनि मम्मी र दिदीले एकदमै सपोर्ट गर्नुहुन्छ त्यसैले यहाँसम्म छु ।’

उनी डाउनहिलमा पहिलो पटक प्रतिस्पर्धा गरेको सुनाउदै पहिलो पटकमै पदक मिलेकोले थप उर्जा मिलेको बताईन् । ‘मैले कि जितिन्छ कि सिकिन्छ भनेर नै जागिर छाडेर सागमा होमिएको थिए अन्तत रजत पदक पाए, यसमै मलाई स्वर्णको सन्तुष्टि छ’ थापाले भनिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.