www.tandavnews.com
Fact ~ In search of truth

दार्चुलामा विप्लव निकट विद्यार्थी नेता पक्राउ

दार्चुला ।

नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ ।

यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop