www.tandavnews.com
Fact ~ In search of truth

विरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

पोखरा ।

गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ ।

यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए। पारिवारिक निजी वन संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक स्रोतसाधनलाई उपयोग गरिने तयारी रहेको बताए ।

Batas

संघ केन्द्रीय अध्यक्ष जोगराज गिरीले वनमा काठ सडेर जाने र विदेशबाट ठूलो धनराशिको काठ पैठारी हुने गरेको अवस्था रहेको चर्चा गर्दै आयात घटाउन उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार निजी वनअन्तर्गत मुलुकका १३ लाख घरधुरीले पाँच लाख ३२ हजार ९९२ रुखको व्यवस्था गर्दै आएका छन् । वनबाट १६ करोड क्यूफिट काठ उत्पादन गर्दै १५ लाख युवालाई रोजगार प्रदान सकिने सम्भावना रहेको जनाइएको छ ।

संघ तदर्थ समितिका संयोजक खुमप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य प्रेम लामिछाने, महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, मानवअधिकारकर्मी राजेश पराजुली, गैसस प्रदेश अध्यक्ष गोपाल खड्कालगायतले सर्वसुलभ वन पैदावार निकासी व्यवस्था आवश्यक रहेको धारणा राखे। अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न १० जिल्लाका १०० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

नयाँ कार्यसमितिको अध्यक्षमा ठकुरी

सोही अधिवेशनले जीवनविक्रम ठकुरीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । चारवर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा लुना थापा मगर, सचिव सन्तु सुवेदी, सहसचिव दमनबहादुर गुरुङ, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली रहेका छन् ।

समितिको सदस्यमा काविता अर्याल, हरिप्रसाद शर्मा, रत्ना भण्डारी, देवी विष्ट, वमबहादुर थापा, लीला दवाडी, ईश्वरीप्रसाद भुसाल, ईश्वर वानियाँ, गोपालकृष्ण भण्डारी, भरत कट्टेल, रश्मी बानियाँ, शम्भु थापा, दीपा अधिकारी, रमेश बानियाँ, गीता अधिकारी, सुभित्रा बास्याल, विष्णु गुरुङ चयन भएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.