www.tandavnews.com
Fact ~ In search of truth

भ्वाइस अफ नेपाल सिजन टु को उपाधि राम लिम्बुलाई

पोखरा ।

फ्रेन्चसाइज रियालिटी शो भ्वाइस अफ नेपाल सिजन –२ को उपाधि राम लिम्बुले जितेका छन् ।

टिम प्रमोद खरेलका ट्यालेन्ट लिम्बुले अन्य टिमका तीन प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।कोच दिप श्रेष्ठको टिमबाट विकास लिम्बु, कोच आस्था राउतको टिमबाट आरिफ रफ र कोच राजु लामाको टिमबाट सनिश श्रेष्ठ ग्रान्ड फिनालेमा पुगेका थिए ।

Batas

विजेता राम लिम्बु कोच दिपबाट नकआउट भएका थिए भने टिम प्रमोदले उनलाई स्टिल गरेका थिए । लिम्बुले फिनालेमा नेपथ्य ब्यान्डको रेशम बोलको गित प्रस्तुत गरेका थिए । उनले उपहार स्वरुप भ्वाइस अफ नेपालको तर्फबाट ड्याटसन गाडी प्राप्त गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.