www.tandavnews.com
Fact ~ In search of truth

नयाँदिल्लीमा आगलागी,ज्यान गुमाउनेको संख्या ४३

पोखरा ।

भारतको राजधानी नयाँ दिल्लीमा आगलागीमा परी ज्यान जानेको संख्या ४३ पुगेको छ । उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेको चारपाँच तले भवनमा आगलागी हुदाँ मृत्यु हुनेको संख्या बढीरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सहरको साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन हुदाँ आगो फैलिएको जनाइएको छ ।आगलागीमा परेर गम्भीर घाइते हुनेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । मर्नेहरुमध्ये अधिकांश १५ देखि २० वर्ष उमेर समूहका रहेको बताइएको छ।

Batas

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.