www.tandavnews.com
Fact ~ In search of truth

नेकपा सचिवालय बैठक भोलि (सोमबार)

काठमाडौं ।

नेकपा सचिवालय बैठक भोलि (सोमबार) बैठक बस्दैछ ।

सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति तोक्ने र उपनिर्वाचनको समीक्षा गर्ने गरी बैठक बस्न लागिएको पार्टी स्रोतले जनाएको छ ।

Batas

पुष्पकमल दाहाल (प्रचण्ड) लाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि सोमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो। भोलि बस्ने सचिवालय बैठकमा रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्ने जनाइएको छ।

सोमबारको सचिवालय बैठकको तयारीस्वरूप प्रचण्डले नेकपा नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्।बैठकले नेकपाको केन्द्रीय समितिको समेत बैठकको मिति तोक्नेछ भने पोलिटव्युरो गठनसम्बन्धी निर्णय लिनसक्ने बताइएको छ।

नेकपाको एकवर्षदेखि स्थायी समितिको बैठक बसेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.