www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा प्रहरीको गोली लागि विद्यार्थी घाईते

बाँके ।

बाँकेमा प्रहरीको गोली लागि विद्यार्थी घाईते भएका छन् । विद्यार्थी माथि प्रहरीले गोली चलाएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ ।

आइतबार बिहान ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि विद्यार्थी आन्दोलनमा उत्रेका थिए । बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि विद्यार्थीले ठक्कर दिने ट्रक आगजनी गरेका थिए ।

कोहलपुर वडा नं १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो।बालिकालाई ठक्कर दिएपछि ट्रकका चालक भागेर इलका प्रहरी कार्यालय कोहलपुरमा पुगेका थिए।

प्रहरीले ट्रकका चालकलाई जोगाउन खोजेको भन्दै स्थानीय र विद्यार्थीले प्रहरी चौकी घेराउ गर्नुका साथै दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। उनीहरुले बजार बन्द गराउनुका साथै सवार आवागमनदलाई ठप्प पारेका छन्।

स्थानीयवासीले प्रहरी चौकी घेराउ गर्नुका साथै प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले थुप्रै शेल अश्रु ग्यास प्रहार गर्नुका साथै हवाइ फायरसमेत गरेको छ।यसैबीच प्रहरीले चलाएको गोली लागेर दुई जना घाईते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी गरिएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.