www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीचोकमा बसको ठक्करबाट स्याङ्जा आँधिखोलाका राजु नेपालीको मृत्यु

पोखरा ।

पोखरा महानगरपालिका ९ स्थित पृथ्वीचोकमा आज (आइतबार) बिहान बसको ठक्करबाट एकको मृत्यु भएको छ।

बसको ठक्करबाट पैदल यात्री जिल्ला स्याङजा आँधिखोला गाँउपालिका–५ बस्ने वर्ष अन्दाजी ५०/५५ वर्षीय राजु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पृथ्वीचोक स्थित डाँफे होटल नजिकै ग१ख ८३२८नं को बसको ठक्करबाट घाईते भएका नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.