www.tandavnews.com
Fact ~ In search of truth

साग :आज १३ खेल हुँदै

काठमाडौं ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार (आज) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुने छन्।

महिला फुटबल र आर्चरीका खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ। अन्य बाँकी खेल काठमाडौंमा हुनेछन्। आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

महिला फुटबलको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।यस्तै क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि आज नै हुनेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन्।

कबड्डीतर्फ महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ। पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ। महिलामा नेपाल र भारतबीच खेल हुनेछ। बक्सिङमा विभिन्न स्पर्धाको फाइनल हुनेछ। आर्चरीमा एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ।

कुस्तीमा दुई स्वर्ण पदकका लागि खेल हुनेछ। जुडोमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। फेन्सिङमा तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो स्थानमा कायमै छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.