www.tandavnews.com
Fact ~ In search of truth

बालबालिकामाथि दमनको विरोध

बाँके ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि निर्मम दमन भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

सो संगठनका सहसंयोजक रञ्जीत तामाङले आज विज्ञप्ति जारी गरी स्थानीय त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा हुइँकिएर आएको ना२ख ९४५९ नंको ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको जनाएका छन् ।

Batas

घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो सङ्गठनले दोषीलाई कारवाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.