www.tandavnews.com
Fact ~ In search of truth

साग पोखराःनेपालको स्वर्ण सपना टुट्यो, दुई गोलले पराजित

पोखरा,
ताण्डव न्यूज ।

१३ औँ साग अन्तर्गतको महिला फुटबलमा नेपालको स्वर्ण पाउने सपना टुटेको छ ।

घरेलु मैदान पोखरा रंगशालामा आज भएको फाइनल खेलमा नेपाल भारतसँग दुई गोलले पराजित भएको हो । भारतले खेलको १८ औं मिनेटमा पहिलो गोल हानेको थियो । भारतकी खेलाडी जर्सी नम्बर १० की एन्जी बाला देवीले गोल हानेकी थिइन् । दोस्रो गोल पनि बाला देवीले नै हानेकी थिइन् ।

Batas

एन्जी बालाले दोस्रो हाफको १० औँ मिनेटमा दोस्रो गोल गरेकि थिइन् । उनको दुई गोलले भारतलाई १३ औँ सागमा स्वर्ण पदक दिलाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.