
पोखरा,
ताण्डव न्यूज ।
१३ औँ साग अन्तर्गतको महिला फुटबलमा नेपालको पराजयपछि पोखरा स्टेडियममा नारा सुरु भएको छ ।
घरेलु मैदानमा आफ्नो देशका खेलाडीलाई हौसला प्रदान गर्न गएका युवा दर्शकले कालापानी, लिम्पीयाधुरा हाम्रो हो भन्दै नारा लगाएका छन् ।खेल सकेपछि खेलकुदमन्त्री जगत विश्वकर्माले सम्बोधन गरिरहँदा पनि जोशिएका युवाले नारा लगाउन छोडेका छैनन् ।


आज भएको फाइनल खेलमा नेपाल भारतसँग दुई गोलले पराजित भएको हो । भारतले खेलको १८ औं मिनेटमा पहिलो गोल हानेको थियो । भारतकी खेलाडी जर्सी नम्बर १० की एन्जी बाला देवीले गोल हानेकी थिइन् । दोस्रो गोल पनि बाला देवीले नै हानेकी थिइन् ।
एन्जी बालाले दोस्रो हाफको १० आँै मिनेटमा दोस्रो गोल गरेकि थिइन् । उनको दुई गोलले भारतलाई १३ आँै सागमा स्वर्ण पदक दिलाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।