www.tandavnews.com
Fact ~ In search of truth

महिला टिमका प्रशिक्षक हरि खड्काद्धारा राजिनामा घोषणा

पोखरा ।

नेपालले स्वर्ण हात पार्न नसके पछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनामा दिने घोषणा गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामाको निर्णय गरेको बताएका छन् । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।

Batas

खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको प्रमुखका रुपमा भने आफुले काम गर्ने खड्काले बताए । उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.