www.tandavnews.com
Fact ~ In search of truth

अपर मुस्ताङसम्म इसुजुको रोड सो

पोखरा।

इसुजु ब्रान्डका गाडीको गण्डकी तथा धौलागिरी क्षेत्रका लागि आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले अपर मुस्ताङसम्म रोड सो गर्ने भएको छ ।

पोखरादेखि अपर मुस्ताङसम्म रोड सो गर्न लागिएको रेज मोटर्स प्रालिका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए । मंसिर २३ आज सोमबारदेखि २७ गतेसम्म पोखरा, कुस्मा, बागलुङ,बेनी, जोमसोम, अपर मुस्ताङ हुदैँ फर्केर मनाङसम्म रोड सो हुनेछ ।

Batas

मनाङबाट फर्केर कुस्मामा ग्राहक भेटघाट गरी रोड सो अन्त्य गरिने छ । इसुजुका सबै मोडेलका पिकअप गाडी सामेल गराइने छ। इसुजुका भि क्रस, डि म्याक्स एस क्याब , सिंगल क्याब , फ्ल्याट डेक, मक्स मोडेलका पिकअपले ग्राहकको मन जितिरहेका छन् ।

इसुजुका पिकअप गाडीको पावर पनि राम्रो हुने र कच्ची बाटोमा उपयुक्त हुने भएकाले ग्राहकको रोजाइमा परेको चालिसेले बताए

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.