www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थीमाथि दमन भएको भन्दै नेविसंघको विरोध

काठमाडौं ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ काठमाडौँ शाखाले कोहलपुर घटनाको विरोध प्रदर्शन गरेको छ । नेविसंघ काठमाडौँ जिल्ला शाखाले आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा आज पशुपति क्याम्पस चावहिल अगाडि प्रदर्शन गरेको हो ।

पशुपति क्याम्पसबाट शुरु भएको विरोध र्याली चावहिल चोक परिक्रमा गरेर पशुपति क्याम्पसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताए । ‘विद्यालयको पोसाक लगाएका विद्यार्थीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ’, उनले भने ।

Batas

आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते चन्दको हाल ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.