www.tandavnews.com
Fact ~ In search of truth

उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुंगे पुल

मुस्ताङ ।

उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुंगे पुल निर्माण गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुंगे पुल निर्माण गरिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो । ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन चोखालले जानकारी दिए ।

Batas

पुलको लम्बाइ १३० मिटर छ । समरखोला, लेतेखोला र म्याग्दीको खोलाखर्कमा झोलुंगे पुल बनाउन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

मंगला गाउँपालिकाको खोलाखर्कमा १७२ मिटर र थासाङ गाउँपालिकाको लेतेखोलामा १४२ मिटर लामो पुल निर्माण शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले जानकारी दिए । उनका अनुसार यो गण्डकी प्रदेश सरकारले बनाएको पहिलो झोलुंगे पुल हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.