www.tandavnews.com
Fact ~ In search of truth

‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’

पोखरा ।

१३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रंगमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर उनले सागमा सहभागी खेलाडीले देखाएको प्रदर्शनले निकै हर्षको अनुभूति गराएको र आगामी दिनमा समेत अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पोखरा सक्षम छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गरेका छन् ।

Batas

साग आयोजनाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको र प्रतियोगिताका क्रममा खेलाडी तथा अफिसियलको पोखरा बसाइँ सुखद् र यादगार बनाउन भूमिका खेल्ने होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम पोखरेली खेलप्रेमीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।

पोखरामा आयोजना गरिएको आर्चरी, फुटबल (महिला), ह्याण्डबल (महिला-पुरुष), बिचभलिबल (महिला-पुरुष), भारोत्तोलन (महिला-पुरुष), ब्याडमिन्टन (महिला-पुरुष), ट्रायथोलन (महिला-पुरुष)र क्रिकेट (महिला) का खेल भव्यताका साथ सम्पन्न भएकासमेत संयोजक पुनले उल्लेख गरेका छन् ।

पोखरामा सम्पन्न खेलमा खेलाडी र प्रशिक्षक ८४२ तथा रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.