www.tandavnews.com
Fact ~ In search of truth

सागको समापन आज,प्रधानमन्त्री ओलीले भिडियो मार्फत् सम्वोधन गर्ने

काठमाडौं ।

मंसिर १५ गतेदेखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज (मंगलबार) समापन हुँदैछ।

नेपाल र भुटानबीच हुने फुटबल खेलको फाइनलपछि साग समापन हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुने छ।

Batas

साग समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ।स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली रंगशालामा उपस्थित हुन नसक्ने भएकाले भिडियो मार्फत् संवोधन गर्न लागेका हुन्।

संवोधनको क्रममा प्रधानमन्त्री ओलीले सागका विजेता खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने छन्। त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ। समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा वर्गिकरण गरी व्यवस्थित गरिने राखेपले जनाएको छ।

फुटवल प्रतियोगिताको फाईनल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ। तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.