www.tandavnews.com
Fact ~ In search of truth

नेपालको मानव विकासमा उल्लेख्य सुधार–मुख्यमन्त्री राई

विराटनगर ।

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ मा १ सय ८९ देशमध्ये नेपाल मानव विकास सूचाङकमा १४७ औँ स्थानमा रहेको हो । यो अफ्रिकी मुलुक केन्याको समान हो । दक्षिण एशियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन् ।

Batas

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचाङक औषतमा शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै जन्मदरको औषत आयु १६ दशमलव एक, शिक्षाको मध्यम वर्ष २ दशमलव ८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलव ७ वर्षले वृद्धि भएको छ । प्रतिवेदन अनुसार दक्षिण एशियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ । प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एशिया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालमा आर्थिक अवस्था सुधार भइरहेको बताउँदै मानव विकास सूचाङकमा सुधारोन्मुख हुनु सुखद पक्ष रहेको बताए । प्रदेश सरकार गरीबी निवारण, रोजगार सिर्जना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै उनले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि प्रदेश सरकारले २० करोड वजेट विनियोजन गरेको जानकारी दिए ।

प्रदेश सरकार शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा पनि कार्य गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारले सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सरकारको काम कारवाहीलाई पारदर्शी र जवाफदेहिता बनाउनेतर्फ ध्यान दिएको बताए । सरकार सबै किसिमको असमानतालाई हटाई समग्र क्षेत्रमा समानता ल्याउने गरी काम गरिरहेको उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.