www.tandavnews.com
Fact ~ In search of truth

लिटरेचर फेस्टिवल : फेवा आँगनमा शुक्रबारदेखि शब्दहरुको सङ्कथन

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

पर्याय बनिसकेका पोखरा र लिटरेचर फेस्टिवल आठौं संस्करणका लागि तयार भएको छ । पछिल्लो संस्करण भव्य सहभागीका साथ सम्पन्न गरेको बुक वर्म फाउण्डेसनले आठौं संस्करण फ्लोरका लागि तयार भएको जनाएको हो ।

फेस्टिवलका लागि यसपटक ३२ सेसन तयार छन् । फेस्टिवलबारे जानकारी दिने हेतुले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजक बुक वर्म फाउण्डेसनका अजित बरालले सेसनमा विविधता ल्याउन खोजीएको बताए । ‘अघिल्ला संस्करणहरुको तुलनामा यस सेसनमा विविधता ल्याउन खोजिएको छ,’उनले भने,‘अघिल्ला वर्षहरुमा जस्तै यस पटक पनि हामीलाई सबैले साथ दिनुभएको छ, दिनुहुनेछ भन्ने अपेक्षा पनि छ ।’

Batas

फेस्टिवलमा लेकसाइडको चिन्तादेखि शिवालिक सभ्यतासम्मका विमर्शहरु हुने छन् । शब्द, सहित्यसँग प्रकृति टाढिइरहन नसक्ने उल्लेख गर्दै आयोजक मध्येको र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशव शरण लामिछानेले फेस्टिवलका लागि उपयुक्त स्थान पोखरा नै भएको जिकिर गरे । ‘हामीले लिटरेचर फेस्टिवलको कुरा गरिरहँदा पोखरा जोडिएकै पाइयो । अन्यत्र पुगेर बुझ्दा पनि उपयुक्त स्नाथ पोखरा नै भएको प्रतिक्रियाले फेवा आँगनमै आयोजना गर्न हौसाएको हो’उनले सुनाए ।

प्राकृतिक सौन्दर्य र पानी रङको राजधानी पोखरालाई शब्दको शहर बनाउने ध्येयका साथ आयोजित यस फेस्टिवको मुख्य प्रायोजक ‘आइएमआई’ हो ।

सन् २०११मा ललितपुरबाट सुरु भएको फेस्टिवल २०१६बाट पोखरामा हुँदै आएको हो । मंसिर २७ गते शुक्रबारदेखि सुरु हुने फेस्टिवलमा मंसिर ३० गतेसम्म विविध क्षेत्रका ब्यक्तिहरु र दर्शक, माछापुच्छ«े र फेवाको मादकतासँगै स्वैरकल्पनाको संसरमा विचरण गर्नेछन् ।

सो अवसरमा २५ हजार अमेरिकि डलर बराबरको दक्षिण एसियाली डिएससी पुरस्कार पनि विरतण गरिने आयोजकले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.