www.tandavnews.com
Fact ~ In search of truth

गौतमबुद्ध रंगशाला हेर्न २० रुपैयाँ टिकट, दर्शकको घुइँचो

चितवन ।

रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रंगशाला अवलोकन गरेका छन् ।

विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका संघसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रंगशाला बन्ने गरेको छ ।

Batas

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रंगशाला निर्माणका लागि ६० हजार सहयोगसमेत गरेको बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक सङ्ख्या बढ्दै गएको कट्टेलले बताए । कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रंगशाला हेर्ने आएका उहाँले जानकारी दिए ।

निर्माण हुँदै गरेको रंगशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ । अहिले रंगशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ ।

पाँगो माटो व्यवस्थापन गर्ने काम भइरहेको भन्दै उनले मैदानको कालोपत्रका लागि ढुंगा बिछ्याउने काम भइरहेको जानकारी दिए । एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १४१ कामदार खटिएको उनले बताए ।

रंगशालामा नमूना खेलमैदान निर्माण गरी दुई मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएका छन् । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङकन गरिएको छ । रंगशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए ।

निर्माणको काम तीव्र भए पनि आर्थिक संकलन भने खासै हुनसकेको छैन ।आठ करोड हाराहारी बोलकबुल भएकामा एक करोड मात्र संकलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलबाहेक तीन करोड संकलन भएको बताए । रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.