www.tandavnews.com
Fact ~ In search of truth

भोजपुरका दुई वडा कार्यालयमा आगजनी

Muglan REstaurent & bar

भोजपुर ।

Mahanagar add

भोजपुरका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...