www.tandavnews.com
Fact ~ In search of truth

कञ्चनपुरमा हात्ती आतंक,एकको मृत्यु, छ घाइते

कञ्चनपुर ।

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको आज विहान मृत्यु भएको जानकारी दिए ।स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएका छन् । उनीहरु बिहान घाँस काट्न जंगल जाँदा हात्तीको आक्रमणमा परेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए । उनले एकजना जंगलमा हराइरहेको हुँदा खोजी कार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.