www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचनःचितवनका उम्मेदवारले खर्चको विवरण बुझाएनन्

चितवन ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि चितवन जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् ।

जिल्लाका सात स्थानीय तहका ९१७ जनाले निर्वाचन कार्यालयमा खर्चको विवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ उम्मेदवार रहेका थिए । तीमध्ये एक हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएको उनले जानकारी दिए ।

Batas

यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका १२/१२ जनाले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ । साना राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन् । उनीहरुलाई कार्यालयले ताकेता गरिरहेको भए पनि विवरण बुझाइनसकेको ढकालले बताए । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

सात जनाको धरौटी जफत

उप निर्वाचनमा जिल्लाका तीन वडाध्यक्षका लागि उम्मेदवार बनेका सात उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा १३ जना उम्मेदवार रहेका थिए ।

तीमध्ये सात जनाले सदरमतको १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो । तीनवटै वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.