www.tandavnews.com
Fact ~ In search of truth

ह्याकरले लुटे कृषि विकास बैंकबाट १५ करोड,तीन पक्राउ

काठमाडौं ।

कृषि विकास बैंकबाट ह्याकरले फेरि पैसा लुटेका छन् । पछिल्लो समय नेपालका बैंकहरुमाथि ह्याकरले आक्रमण जारी राखेका छन् ।

सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्‍याक गरेर ह्‍याकरहरुले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेको खुलासा भएको छ। विदेशी ह्‍याकरहरुको समूहले नेपालस्थित विभिन्‍न ४० भन्दा धेरै व्यक्तिहरुलाई एजेन्टका रुपमा प्रयोग गरेर कृषि विकास बैंकबाट रकम लुटेका हुन्।

Batas

लुटेराहरुले सामाजिक सञ्‍जाल फेसबुक, भाइबर, ह्वाटसप ईमोमार्फत् चिठ्ठा परेको बताउने गरेका छन्। त्यससँगै पार्सल आएको भनेर प्रलोभन देखाउँदै ठगी गरेको पनि खुलेको छ। प्रहरीले कृषि विकास बैंकमा भएको ह्‍याकबारे अनुसन्धानबाट खुले पनि अन्य बैंकबाट पनि रकम लुटिएको हुन सक्ने अनुमान गरेको छ।

रकम लुटपाटमा संलग्न ३ जनालाई महानगरीय प्रहरी परिसरले आज(बुधबार) सार्वजनिक गरेको छ। उनीहरुलाई राजधानीबाटै मंगलबार हिरासतमा लिइएको थियो। प्रहरीको अनुसार पक्राउ पर्नेहरुमा दोलखाको फुलपा गाउँपालिका–२ स्थायी घर भएका रमेश खड्का, नवलपरासीको रामग्राम–१७ घर भएका विशेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन्।

नाइजेरियन नागरिक पिटर र बेलायती नागरिक स्मिथ मोरिस रकम लुटपाटका नाइके रहेको खुलेको छ । यो लुटपाटको योजना नेपालमै बसेर बनाइएको खुलेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.