www.tandavnews.com
Fact ~ In search of truth

विद्याको सपथ सभामुख चयनपछि मात्रै

पोखरा ।

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईको सपथ अनिश्चित बनेको छ ।

संसदका सदस्यलाई सभामुखले सपथ ग्रहण गराउने ब्यवस्था छ। हाल संघीय संसद सभामुख विहिन भएकोले संविधानको धारा ८८ अनुसार भट्टराईको पद तथा गोपनीयताको सपथ अनिश्चित बनेको हो ।

Batas

नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन सपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ। यसबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ। ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम सपथ शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ।

प्रतिनिधिसभाका सहायक प्रवक्ता दशरथ धमलाका अुनसार सभामुख चयनपछि मात्रै विद्या भट्टराईको सपथ ग्रहणको प्रक्रिया अघि बढ्नेछ। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको अभियोग लागेपछि गत १४ असोजमा राजीनामा दिएका थिए। त्यसयता संघीय संसद सभामुखविहीन छ।

उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.