www.tandavnews.com
Fact ~ In search of truth

जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त

जुम्ला ।

अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् ।

सर्वोदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका संघ संस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् ।

Batas

गैरसरकारी संस्था सर्वोदय नेपाल जुम्लाका अनुसार २१ गाउँबस्तीका एक हजार ७४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लाका आठ हजार ७८९ ले छुइ नमान्ने गरेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए ।

छुइगोठमुक्त घोषणा अभियानलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयं महिला नै एकजुट भएकाले विस्तारै जुम्लामा छुइप्रथा न्यूनीकरण हुँदै जाने बताए।

लैङ्गिक समानता, महिलाको कार्यबोझ न्यूनीकरण र महिलामा भएको विभेद छाउपडी प्रथा न्यूनीकरण विषयमा सर्वोदय नेपाल जुम्लाले काम गर्दै आएको छ । घरदैलो, सामूहिक प्रतिबद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुइगोठ घोषणा कार्यक्रम गरिएको कार्यकारी निर्देशक खत्रीले जानकारी दिए।

पाँच वर्षदेखि इटालियन फाउन्डेशन र सर्वोदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.