www.tandavnews.com
Fact ~ In search of truth

कास्की ‘प्याबसन स्पोर्टस मिट’: ५ हजार वढी विद्यार्थी सहभागि हुने

पोखरा ।

निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था कास्की प्याबसनले आयोजना गर्ने ‘१६ औं प्याबसन स्पोर्टस मिट २०७६’ मा ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलका इभेन्टहरुमा प्रतिष्पर्धा गर्ने भएका छन ।

पोखरामा मंसिर २६ गते बाट अनौपचारिक र पुष १ गतेबाट विधिवत रुपमा सुरु गरिने स्पोर्टस् मिटमा ८३ विद्यालयका ५ हजार १ सय विद्यार्थीहरुले सहभागिता जनाउने प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन । ‘१६ औं प्याब्सन स्पोर्टस मिट २०७६’ सम्पन्न गर्न विभिन्न १७ सदस्यीय उप समिती गठन गरेको उनले जानकारी दिए ।

Batas

प्याब्सन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा स्पोर्टस मिट बारे जानकारी गराउँदै अध्यक्ष शर्माले सिनियर फुटबल ५२ टिम, जुनियर तर्फ २४ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता हुने बताए ।

फुटबलका खेलहरु आयोजनाका लागि आदर्श यूवा क्लबको खेल मैदान भण्डारढिक, नेपाल आदर्श माबीको खेलमैदान लेखनाथ, मझेरिपाटन स्थित शान्ती दिप माबीको खेलमैदान र हेम्जाको विष्णु पादुका खेलमैदानमा गरिने भएको उनले जानकारी दिए ।

त्यसै गरि छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा टेबुल टेनिस र एथलेटिक्सका खेलहरु भने पोखरा रंगशालमा आयोजना गरिने भएका छन । जस अन्तर्गत सिनियर छात्र भलिबलमा २४, छात्रा तर्फ १७, टेबुल टेनिस छात्र तर्फ ३९, छात्रा तर्फ २६ तथा एथलेटिक्स छात्रतर्फ ६३ र छात्रा तर्फ ४८ विद्यालयका खेलाडीहरुको सहभागिता रहनेछ । एथलेटिक्स जुनियर र सिनयर तर्फ छात्रका १० वटा इभेन्ट र छात्रा तर्फ ८ वटा इभेन्ट हुने प्याबसन कास्कीले जनाएको छ ।

यहि पुष १ गते देखि ५ गते सम्म संचालन हुने ‘प्याब्सन स्पोर्ट्स मिट’ को औपचारिक उद्घाटन पुष १ गते भव्य कार्यक्रमका विच पोखरा रंगशालामा गरिने प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक मथुरा प्रसाद पौडेलले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा ४१ विद्यालयका छात्र–छात्राहरुले मार्चपासमा सहभागीता जनाउने भएका छन । पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याब्सन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

शिक्षासँगै खेलकूदको विकास गर्ने उद्देश्यले आयोजित ‘प्याब्सन स्पोर्ट्स् मिट’ सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने अध्यक्ष शर्माले बताए । उनले भने–‘यो कार्यक्रम बालबालिको शिक्षामा थप उत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादन गर्न यो कार्यक्रमले सहयोग पुर्याउने छ ।’

सबै खेलहरुका इभेन्टमा सबै भन्दा वढी अंक हासिल गर्ने विद्यालयलाई प्यावसन स्पोर्टस मिट रनिङ शिल्ड प्रदान गरिने छ । दुई वर्ष अघि सम्पन्न १५ औं संस्करणमा टप्स माबीले रनिङ शिल्ड प्राप्त गरेको थियो । कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन ।

कार्यक्रममा प्याबसनका केन्द्रिय उपाध्यक्ष बिर बहादुर बुढाथोकी, प्यावसन मिट न्याययिक समितीका संयोजक कृष्ण केसी, प्याबसनका उपाध्यक्ष राम गुरुङ, प्यावसनका कोषाध्यक्ष कृष्ण केसी, शुरक्षा समितीका संयोजक दिवाकार जैशी, भलिबल प्रतियोगिताका संयोजक विश्वराज बास्तोला लगाएतले प्याबसन मिटका विविध पक्ष बारे जानकारी गराएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.