www.tandavnews.com
Fact ~ In search of truth

पूर्वसभामुख नेम्बाङ पुन सभामुख बन्ने पक्कापक्की

काठमाडौं ।

प्रतिनिधि सभा यतिबेला सभामुख विहिन रहेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको अभियोग लागेपछि गत १४ असोजमा राजीनामा दिए पश्चात संघीय संसद सभामुखविहीन बनेको हो ।

संसद सभामुख विहिन बनेपछि अहिले सभामुख नियुक्तिका लागि नेकपा भित्र छलफल सुरु भएको स्रोतले जनाएको छ । स्रोतको अनुसार सभामुखमा पूर्वसभामुख सुवास नेम्बाङ र राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मालाई नियुक्त गर्ने लगभग पक्का भएको छ।

नेम्बाङलाई सभामुख र शर्मालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको नेकपा स्रोतले जनाएको छ।

सभामुखमा पूर्वमाओवादीबाटै अग्नि सापकोटा र देव गुरुङको नाम पनि चर्चामा रहेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.