www.tandavnews.com
Fact ~ In search of truth

पोखराः१४८ रोपनी जग्गा अधिग्रहण निर्णय खारेजको माग(भिडियोसहित)

पोखरा ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् ।

Batas

समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतंकित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतंकित बनाइएको बताए।

विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उनले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गरे । विमानस्थलकै कारण नहर बन्द हुँदा झण्डै छ हजार रोपनी उर्बर भूमी बाँझो हुने अवस्थामा पुगेकाले सिँचाइको अबिलम्ब विकल्प दिन उनले माग गरे ।

स्थानीय राजकुमार थापाले आफ्नो ३० रोपनी जग्गामध्ये २० रोपनी विमानस्थलकै कारण अधिग्रहणमा परिसकेकाले थप जग्गा अधिग्रहणको सूचनाले बाँकी जग्गासमेत नरहने दुःखेसो व्यक्त गरे ।

सरकारले आवश्यक पर्ने जग्गाको एकै पटक यकिन नगरी पटक पटक जग्गा अधिग्रहणका सूचना जारी गर्दा स्थानीयवासीलाई त्रसित बनाएको भन्दै उनले आफूहरूले थप जग्गा अधिग्रहण गर्न नदिने बताए ।

स्थानीय समाजसेवी किरण पौडेलले स्थानीयले उठाएका माग र पीडालाई उचित सम्बोधन गर्ने गरी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने धारणा राखे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.