www.tandavnews.com
Fact ~ In search of truth

सिर्जनाचोकमा साढे २ करोडको आकाशे पुल शिलान्यास

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलको शिलान्यास गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सँयुक्त रुपमा आज (शुक्रबार) आकाशे पुलको शिलान्यास गरे ।

Batas

शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले दिगो हुने किसिमले पुल निर्माण गर्नुपर्ने धारणा राखे । उनले विकासको पूर्वाधार निर्माण गर्दा लामो समयसम्म हुने गरि निर्माण गर्नुपर्नेमा जोड दिदै सोही अनुसारको पुल निर्माण हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री गुरुङले बढ्दो सवारी साधन र चापलाई मध्यनजर गर्दै सडकहरु ४ लेनको बनाउने उद्देश्य सहित प्रदेश सरकार लागेको बताउदै सोही अनुरुप आकाशे पुलको निर्माण गर्नुपर्ने सुझाए ।

आगामी १० वर्षमा पोखरा समेत काठमाण्डौ जस्तै बन्ने बताउदै व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उनले सवारी व्यवस्थापनका लागि लेखनाथ क्षेत्रमा एक र पोखरा क्षेत्रमा ३ स्थलमा पार्किङको आवश्यकता रहेको बताए । ‘धेरै जग्गा चािहन्छ भन्ने छैन, उनले भने, ‘भवन बनाउदा दुई तीन तल्लाको बनाए पनि हुन्छ ।’

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगरपालिकाबाट विनियोजित २ करोड र दिवंगत रबीन्द्र अधिकारीले संसदिय कोषबाट विनियोजन गरेको ५० लाख गरी अनुमानित २ करोड ५४ लाख ४२ हजार (भ्याट सहित) लागतमा निर्माण हुने जानकारी दिए ।

मेयर जिसीले उक्त पुलको निर्माण आगामी साउन २७ गते भित्र सम्पन्न गर्नेगरी गत जेठ ५ गते के.एम÷जे.बी.एन.एस÷पोखरा÷जे÷भी पोखरा १७ सँग सम्झाता गरिएको बताए ।

उनका अनुसार उक्त कम्पनीसँग कुल २ करोड, ३० लाख ११ हजार (भ्याट सहित) रुपैयामा सम्झौता गरिएको छ । पोखरा महानगरपालिका वडा नं ८ सिर्जनाचोकमा निर्माण हुने उक्त पुल को प्रकार ‘स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज’ रहेको निर्माण पक्षले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.