www.tandavnews.com
Fact ~ In search of truth

नम्चु च्यीउली युउला क्होइबो शिलान्यास

पोखरा ।

मादी १ सिक्लेसमा निर्माण हुन लागेको तमुहरुको ऐतिहासिक धरोहर नम्चु च्यीउली युउला क्होईवोको एक समारोहबीच हिजो(बिहिवार) शिलान्यास गरिएको छ ।

सिक्लेस मेयेचुमा बन्न लागेको क्होईवोको गण्डकी प्रदेश सभाका सदस्य मन बहादुर गुरुङले शिलान्यास गरेका हुन् । क्होईबो शिलान्यास गर्दै प्रदेश सदस्य मन बहादुर गुरुङले क्होइवो जस्तो धार्मिक धरोहर निर्माणले सिक्लेसमा पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै आफ्नो ब्यक्तिगत र प्रदेश सरकारवाट निरन्तर सहयोग गर्न तयार रहेको बताए ।

Batas

तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले हरेक तमुहरुको बस्ती बस्तीमा क्होइबो निर्माण हुनु पर्ने बताउदै सिक्लेसमा जति धेरै क्होइबो निर्माण हुन्छन् उति नै राम्रो हुने बताए ।

यसैबिच क्होईवो शिलान्यास कार्यक्रममा भएको सांस्कृतिक कार्यक्रमबाट एकैदिन ५५ लाख १३ हजार ४ सय २५ रुपैया संकलन भएको छ । क्होईबो निर्माणका लागि गण्डकी प्रदेश सभाका सदस्य मन बहादुर गुरुङको संसद बिकास कोषवाट १५ लाख, मादी गाउपालिकाबाट ५ लाख रुपैया दिने भएको क्होइवो निर्माण समितिका कोषाध्यक्ष ईन्द्र कुमारी गुरुङले जानकारी दिए ।

यसैगरि सिक्लेस ८ हर्पुथरका ५२ कुरिया भाईपरिवारवाट ५ लाख, पुरानो घर खिलाङ भई हाल पोखरा ११ फुलवारीनिबासी रेल बहादुर गुरुङले १ लाख रुपैया , खिलाङ भई हाल पोखरा चापापानी निवासी नायक सुबेदार दूध प्रसाद गुरुङले १ लाख रुपैया, खिलाङ भई हाल फुलवारीनिबासी मीन बहादुर गुरुङले १ लाख ५० हजार रुपैया, सिक्लेस घर भई हाल युके निवासी हुम बहादुर गुरुङ , हर्क जंग गुरुङ र पदम गुरुङले १ लाख ५ हजार रुपैया प्रदान गरेका छन् ।

यस्तै पार्चेनिवासी सन्तोष गुरुङवाट ५० हजार, चन्द्र कुमारी गुरुङ (एक्कजंगको आमा ), युके निवासी मुङ्गा गुरुङ , कौशिला गुरुङ र पेच बहादुर गुरुङले बाबा आमाको स्मृतिमा १ लाख ५ हजार रुपैया , पार्चे घर भई हाल अमेरिका निवासी लौकाशी गुरुङ , चित्र कुमारी गुरुङ र मेन सुबा गुरुङले बाबा बीरबन गुरुङको स्मृतिमा १ लाख ५ हजार रुपैया र सिक्लेस क्रोम्छै चेलीबेटीबाट नगद २ लाख १० रुपैया प्रदान गरेको छ ।

यसैगरी सिक्लेसनिवासी नायब सुबेदार भाद्रसिं गुरुङले १ लाख ५ रुपैया , सिक्लेस हर्पुथर घर भई हाल हङकङ निवासी श्रीध्वोज गुरुङले १ लाख ५ रुपैया , सिक्लेस भइ हाल हङकङ निवासी नानी कमलसुबाको आमाले १ लाख ५१ रुपैया प्रदान गरेका छन् ।

यस्तै पर्यटकीय गाउँ सिक्लेसमा व्यवस्थित हेलिप्याड निर्माणको लागि हर्पुथरनिवासी नर वहादुर गुरुङ र ईन्द्रा कुमारी गुरुङको परिवारले २ लाख ५ सय ५ रुपैया क्होईबो निर्माण समितिका अध्यक्ष कुल प्रसाद तमुलाई हस्तान्तरण गरेको छ ।

नम्चु च्यीउली युउला क्होइवो निर्माणको लागि यसअघि १ करोड भन्दा धेरै संकलन भईसकेको छ । यसअघि महिला नेतृ हर्पुथर घर भई पोखरा ११ रानीपौवा निवासी रस कुमारी गुरुङले नगद १ लाख ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

मादी १ सिक्लेस मेयाचुमा बन्न लागेको क्होइवो निर्माण स्थलको भूमि सिक्लेस हर्पुथर पुरानो घर भई हाल पोखरा ११ रानीपौवानिबासी हाईसुब्बा गुरुङ , सिक्लेस गैरीथर घर भई हाल पोखरा १३ कामना टोलनिवासी दुजा (बिबा) गुरुङ र सिक्लेस लामाथर भई हाल दुम्कीबासनिबासी सुन माया गुरुङले संयुक्त रुपमा करिब ४ रोपनी भूमिदान गरेका हुन्।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, तिलक प्ल्हे तमु, अन्जित पोख्रेल र रुबिना गुरुङ लगायतले प्रस्तुति समेत दिएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.