www.tandavnews.com
Fact ~ In search of truth

धनुषामा बम विष्फोट :इन्सपेक्टर सहित तीनको मृत्यु

जनकपुरधाम ।

धनुषामा बम विष्फोट हुदाँ एकै परिवारका दुई सहित तीनको मृत्यु भएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट भएको हो । विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।घटनामा घाईते भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारको क्रममा आज (शनिबार) बिहान अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Lama collectio News Middle

महेन्द्रनगर बजारका स्थानीय मृतक राजेश साहको घर बाहिरको पोलमा राखिएको बम गएराति सवा १२ बजेतिर विष्फोट भएको जनाइएको छ ।घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । तीनै जनाको अवस्था गम्भीर छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery