www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु

पर्वत ।

पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् ।कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेवास नगरपालिकामा मात्रै सात नयाँ सिँचाइ निर्माण हुन लागेका हुन् ।

Batas

त्यस्तै, कुश्मा नगरपालिकामा चार, पैयुँमा तीन, जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाइ आयोजना निर्माण हुन लागेका हुन् । चालू वर्षमै काम शुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको ५१२ हेक्टर खेतीयोग्य जमीन समेट्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले जानकारी दिएको छ जसका लागि चालू वर्ष नौ करोड ५४ लाख बजेट छ ।

स्रोत भएर पनि सिँचाइ सहज हुन नसकेका क्षेत्र छनोट गरेर चालू वर्ष नै सक्नेगरी कतिपय आयोजना शुरु भइसकेको डिभिजन प्रमुख थलबहादुर तामाङले बताए ।सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेका अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारी बालीका लागि पकेट क्षेत्रका रूपमा छन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाइ आयोजना अगाडि बढाइएको उनले बताए ।

जिल्लामा २८ हजार ५९३ हेक्टर खेतीयोग्य जमीन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिञ्चित हुने जमीनको क्षेत्रफल नौ हजार ९४० हेक्टर जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.