www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोकमा बस दुर्घटनाः१३ को घटनास्थलमै मृत्यु, १८ घाईते

काठमाडौं ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १८ जना घाइते भएको जनाइएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार १३ जनाको ज्यान गइसकेको र मृतकको संख्या बढ्नसक्ने जनाइएको छ । बस सडकबाट झण्डै ५ सय मिटर तल खसेको जनाइएको छ ।

Batas

बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटना बारे विस्तृत विवरण आइसकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.