www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पीपीएल शुरु, डिफेण्डिङ च्याम्पियन पल्टनको विजयी सुरुवात

सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज ।

पोखरा रंगशालामा नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता आज (आईतबार) देखी सुरु भएको हो ।प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौं गोल्डेन्स वारीयर्सलाई डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनले सहज जित निकालेको छ ।

Batas

टस जिटेर फिल्डिङ रोजेको पोखरा पल्टनलाई वारीयर्सले १ सय १६ रनको लक्ष्य दिएको थियो । पोखरा पल्टनले १४.१ ओभरमा १ विकेट गुमाउँदै वारीयर्सलाई ९ विकेटले पराजित गर्याे ।पोखरा पल्टनको जितका लागि अविजित रहेका ओपनर कुशल भुर्तेलले ४३ बलमा ४ चौका र ५ छक्का सहित ६५ रनको योगदान दिएका थिए ।काठमाडौं आफ्नो दोस्रो खेलमा सोमबार बुटवल ब्लास्टर्ससँग खेल्ने छ भने पोखराले मंगलबार चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

आगामी १२ गते सम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिल्वालले सँयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले पोखरा पर्यटकीय नगरीको रुपमा मात्र नभई शिक्षा, स्वास्थ्य र खेलकुद हवको उत्तिकै सम्भावना रहेको बताए ।उनले नेपालमा सम्पन्न १३ औं सागमा नेपालले जितेको ५१ स्वर्ण पदकधारीहरुलाई स्मरण गर्दै आगामी सागमा नेपालले कम्तिमा ७५ स्वर्ण पदक जित्ने लक्ष्यका साथ अघि बढ्नु पर्ने बताए ।

उनले त्यसको लागि आगामी ५ बर्ष भित्र खेलकुदका आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्ने पक्षमा प्रदेश सरकार लाग्ने उल्लेख गरे ।गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन प्रदेश सरकार लागिरहदा पीपीएल जस्तो प्रतियोगिताले अत्यन्तै सघाउ पुग्ने धारणा समेत व्यक्त गरेका थिए ।

प्रतियोगिताको विजेता टिमले शिल्ड सहित २७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमलाई १० लाख रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका निर्देशक छुम्बी लामाले बताए उनका अनुसार म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलर बन्न सफाल खेलाडीलाई जगदम्बा मोटर्सको तर्फबाट टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.