www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं ।

करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका केशव भट्टराईको निधन भएको छ । (आइतबार) गएराति साढे १० बजे तिर उनको उनको निधन भएको हो ।

स्वास्थ्यमा अचानक समस्या आएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लैजादैँ गर्दा बीच बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको जनाइएको छ ।उनको निधनको कारण भने खुलेको छैन ।

Batas

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । ।

उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.