www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ नगरप्रमुख नेपालीद्वारा घर पुनःनिर्माणमा सहयोग

बागलुङ ।

ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गरेका छन् ।

उनले घर पुनःनिर्माणका लागि नगद एक लाख, ५० बोरा सिमेन्ट, जस्तापातासहित निर्माण सामग्री सहयोग गरेका हुन् । चार कोठासहितको एकतले घर र शौचालय बनेको अग्निपीडित कुँवरले जानकारी दिए ।

Batas

‘केही दिनमा नयाँ घरमा सर्ने तयारी गर्दैछु ।’ उनले खुशी हुँदै भने । आगलागीले घर जलेपछि उहाँको परिवार आफन्तकोमा आश्रय लिएर बस्दै आएका थिए । विपद्मा परेका व्यक्ति, परिवारको पुनःस्थापनामा सबैले सहयोग गर्नुपर्नुपर्छ नगरप्रमुख नेपालीले भने ‘दुःख, अप्ठेरोमा परेकालाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएको छु, आफू पनि दुःखमै हुर्केकाले सहयोगको भावना जागिहाल्छ ।’

नगरपालिकाले आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । केही महिना अगाडि गलकोट नगरपालिका–९ मल्मका ७८ वर्षीय चन्द्रबहादुर र उनकी ८० वर्षीया श्रीमती सरस्वती राम्जालीका लागि नगरपालिकाले घर निर्माण गरिदिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.