www.tandavnews.com
Fact ~ In search of truth

अधिकारीको ‘शुभ मंगल’ मा कुशल र सुरवीना

काठमाडौं ।

अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले नयाँ फिल्म ‘शुभ मंगल’ निर्देशन गर्ने भएका छन् । अष्ट्रेलियामा बस्ने एक जोडीको प्रेमसम्बन्ध र उतावचढावको कथालाई प्रस्तुत गरिने फिल्मको अधिकांश दृश्य अष्ट्रेलिया र केही दृश्य नेपालमा खिचिने छ ।

संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको ‘शुभ मंगल’ मा कुशल थापा र सुरवीना कार्की मुख्य भूमिकामा रहेका छन् । उनीहरुको साथमा बिकास चापागाईं,केपी शर्मा,आर्यन शर्मा,सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

Batas

देउराली फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट पनि निर्देशक अधिकारी स्वयंमले लेखेका हुन् । फिल्मबारे केही समयपछि औपचारिक जानकारी दिइने बताइएको छ । केही समयभित्रै सुटिङ थालीने फिल्मका अन्य कलाकार तथा प्राबिधिकको हाल चयन भइरहेको बताइन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.