www.tandavnews.com
Fact ~ In search of truth

आज (सोमबार)देखि मौसममा सुधार

काठमाडौं।

आज(सोमबार)देखि देशभरको मौसम सामान्यतया सफा रहने मौसम विभागले जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसम बुलेटिन जारी गर्दै मौसममा सुधार आउने जनाएको छ । केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएसँगै मौसममा सुधार आउने भएको हो।

पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बिहानदेखि देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो ।

तराई क्षेत्रमा पनि अहिले हुस्सु र कुहिरो देखिएको छ। त्यो दिउँसोसम्म रहने मौसमविद्को भनाई छ। पहाडमा देखिएको कुहिरो भने घाम लागेसँगै हटेर जाने छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.