www.tandavnews.com
Fact ~ In search of truth

महोत्तरीमा एक किलो चाँदीसहित भारतीय पक्राउ

महोत्तरी ।

महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए।

Batas

आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी न.पा.९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो ।

अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.