www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल :धनगढी ब्लुजको विजयी सुरुवात

पोखरा,
ताण्डव न्यूज ।

धनगढी ब्लुजले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले सुखद सुरुवात गरेको हो ।पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

Batas

पहिलो ओभरमानै २ विकेट गुमाएको विराटनगरका राजु रिजालले सर्वाधिक २५ रन बनाए । २२ बल खेलेका उनले २ चौका र १ छक्काको मद्दतमा २५ जोडे । यस्तै सुनिल धमलाले १८ रन बनाउँदा नोमन खानले ११, पुनित मेहेराले १५ कप्तान प्रदिप सिंह ऐरीले १० रनको योगदान गरे ।

पहिलो ओभरको पहिलो बलमा कमल सिंह ऐरीले विराटनगरका जयद आलमलाई अनिल खरेलको हातबाट कभरमा क्याच आउट गरे । पहिलो ओभरमानै दिलिप नाथलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

तर, सुनिल धमला र प्रदिप ऐरीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दा अनिल खरेलले सुनिललाई सन्दीप सुनारको हातबाट क्याच आउट गराउँदा सागर ढकालले प्रदिपलाई अमित यादबको हातबाट क्याच गराए ।

नोमन खान सागर ढकालको बलमा लङ अफको दिशामा थोमसको हातबाट आउट भए । सर्वाधिक रन बनाएका राजुलाई अमृत यादबले मिड विकेटमा कमल सिंह ऐरीको हातबाट क्याच आउट गराए ।

राजेश पुलामी मगरलाई दिपेन्द्रले थोमसको हातबाट कट बिहाइण्ड गराउँदा दिपेन्द्रले अन्तिम ओभरमा पुनित र किशोरलाई क्लिन बोल्ड गराए ।धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे । यस्तै सागर ढकालले २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

विराटनगरका कमल सिंह ऐरीले अविजित २६ रन बनाए । २१ बल खेलेका ऐरीले २ चौका र २ छक्काको मद्दतमा २६ रन बनाए ।यस्तै सिमन्था विजारत्ने २५ रनको योगदान गरे । रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका शाहब आलमले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ३ विकेट हात पारे । यस्तै नोमन खान २ र किश्वोर महत्व, पुनित मेहेरा र जयद आलमले समान १र१ विकेट हात पारे।

जितसँगै धनगढीले १ खेलमा २ अंक जोडेको छ । धनगढी तालिकाको दोस्रो स्थानमा रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.