www.tandavnews.com
Fact ~ In search of truth

जनताको समस्या संसदमा उठाउने सांसदको प्रतिवद्धता

भोजपुर ।

निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ ।

तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित संघीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगायतका समस्या समाधानमा भूमिका खेल्ने बताइरहेका छन् ।

सांसद राईले भने,‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।’

Lama collectio News Middle

कतिपय स्थानीयले अन्य सबै सुविधा नदिए पनि बाँदरको कारण बस्तीखाली भएको बताउँदै सो समस्या समाधान गरिदिन माग गरेका छन् । जनताको जिज्ञासामा सांसद राईले भने, ‘जिल्लामा धेरै समस्या छन् तर बाँदरको समस्याले बस्तीखाली भएको सुनाउनु भएको छ, यस विषयमा म संसद्मा कुरा उठाउँछु ।’

अभियानबाट जनताले केन्द्र सरकारले के गरिरहेको छ, प्रदेश सरकारको योजना कस्तो छ, स्थानीय सरकारको भूमिकाको विषयमा जानकारी लिइरहेका छन् । जनता नै आफ्नो पाठशाला रहेको बताउने राईले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताए ।

आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीय ज्ञानेन्द्र राईले भने, ‘आफूले जिताएको सांसदसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम अन्य सांसदले पनि ल्याउन आवश्यक छ ।’

सांसद किरातीले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस पटक उनले एक महिनासम्म गाउँगाउँ डुलेर जनताका समस्या सुनेका हुन्। भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery