www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस सांसद प्रकाश पन्थद्वारा विरोधको सूचना दर्ता

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका छन् ।

सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने कारण देखाउँदै उनले विरोधको सूचना दर्ता गराएका हुन् ।

विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको भन्दै सांसद पन्थले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधको सूचना पेश गरेको जानकारी गराए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.