www.tandavnews.com
Fact ~ In search of truth

दोलखामा दुई करोडको सुन्तला उत्पादन

दोलखा ।

दोलखाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।

कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेका गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

Batas

उक्त गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातका फलफूल राम्रो उत्पादन हुने सुन्तला रसिलो, स्वादिलो तथा जैविक हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतका स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ ।

मेलुङको सुन्तला जिल्लाकै तामाकोशी, चरिकोट, मैनापोखरीलगायत आसपासका जिल्लामा समेत खपत हुने गरेका छन् । हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरे पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् ।

सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवालाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने वडा नं १ का अध्यक्ष ईश्वर कोइरालाले बताए ।

गाउँपालिकाले सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउन र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताए ।स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन गरेर सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

सुन्तलाको बजारीकरण तथा प्रवद्र्धनका लागि गाउँपालिकाले मंसिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो । सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताए ।

महोत्सवका अवसरमा सुन्तला विज्ञद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.