www.tandavnews.com
Fact ~ In search of truth

डिफेण्डिङ च्याम्पियनलाई हराउदै राईनोजको सुखद विजयी सुरुवात

ताण्डव न्यूज,
पोखरा ।

चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको आफ्नो पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।

Batas

घरेलु टिम पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ८ रन बनायो ।चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका उनले अविजित ६६ रन बनाए ।

यस्तै सन्नी पटेलले २२ र रोहन मुस्ताफाले ११ रन बनाए । पोखराका राशिद खान र सर्वो्जित लड्डाले समान २÷२ विकेट लिए ।चितवनले सुरुवात भने खराब गरेको थियो । उसले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको थियो । पहिलो ओभरको पाँचौ बलमा अनिल शुन्य रनमा आउट भए । उनलाई राशिद खानको बलिङमा किपर बिनोद भण्डारीले क्याच लिए ।

यस्तै इनिङको पाँचौ ओभरको तेस्रो बलमा राशिदले व्यक्तिगत दोस्रो विकेट हात पारे । राशिदले रोहन मुस्तफालाई ११ रनमा बिनोदको हातबाट क्याच आउट गराए ।चितवनले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमायो । लामो प्रहार गर्ने क्रममा पारसलाई सर्वो्जित लड्डाले सातौं ओभरको अन्तिम बलमा आसिफ शेखको हातबाट क्याच आउट भए ।

आरिफ शेखलाई लड्डाले आफिसको हातबाट क्याच गराए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धा्रित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका उनि अर्धशतकबाट मात्र ५ रनले चुके । अर्धशतक नजिक पुगेका कप्तान शरद रोहन मुस्तफाको बलमा ’कट एण्ड बोल्ड’ भए ।

सोहि ओभरमा प्रथमेश दाकेलाई मुस्तफाले अरिफको हातबाट सुन्य रनमा क्याच गराए । यस्तै कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख, राशिद खान र रबि इन्दर सिंहले समान १०र१० रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जितसँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । पोखराको भने यो पहिलो हार हो । दुई खेल खेलेको पोखराले २ अंक जोडेको छ ।

पोखराले गत संस्करणको पीपीएलमा चितवनलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.