www.tandavnews.com
Fact ~ In search of truth

फोटो पत्रकार संघ कास्कीमा प्रदीप

पोखरा ।

नेपाल फोटो पत्रकार संघ, कास्कीको अध्यक्षमा प्रदीप पौडेल चयन भएका छन् ।

संघको पोखरामा सम्पन्न छैटौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।पर्वत स्थायी घर भएका अग्रज फोटोपत्रकार पौडेल हाल इमेज च्यानलका पोखरा व्यूरो प्रमुख एवं रेडियो बाराहीका समाचार प्रमुख रुपमा कार्यरत छन् । डेढ दशक बढी समयदेखि छापा तथा विद्युतीय संचारमाध्यमको अनुभव सँगालेका पौडेल नेपाल प्रेस युनियन कास्की सचिव समेत हुन् ।

Batas

यस्तै, संघको कार्यसमिति उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) छन् ।यस्तै, सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भए । सल्लाहकारमा निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेल छन् ।

फोटो पत्रकार संघ जनआन्दोलन २०६२-०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनक्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि यहाँका फोटो पत्रकार संगठित भएका थिए ।
फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको वृत्तचित्र, फोटो प्रदर्शनी गरेको थियो । संघको हालसम्म घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेलले नेतृत्व सम्हालिसकेका छन् ।

फोटोपत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष राम गुरुङको प्रमुख आतिथ्यमा भएको अधिवेशन संघ अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको हो । अधिवेशनले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.