www.tandavnews.com
Fact ~ In search of truth

‘हाफ द नाइट इज गन’ लाई पच्चीस लाख पुरस्कार

पोखरा ।

अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर (डिएससी) पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको (९ नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन र्याण्डमरहाउस, अमेरिका, माधुरी विजयको द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीको देयर इज गनपाउडर इन द एयर (बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाको द सिटी एण्ड द सी (ह्यामिशह्यामिल्टन, पेन्गुइन र्याण्डमहाउस, भारत) र सदिया अब्बासको द एम्प्टी रुम (जुबान पब्लिसर्स, भारत) थिए ।

Batas

गत वर्षहरुमा यो पुरस्कार श्रीलंका, बंगलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलोपटक घोषणा गरी वितरण गरिएको हो । डिएससी पुरस्कारले दक्षिण एशियाली जनजीवनका विविधपत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

निर्णायकमण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एशियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एशियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार रहेको बताए । पच्चीस हजार डलर पुरस्कार राशि भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले २०१० मा स्थापना गरेका थिए ।

यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलंकाका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलंकाका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले सो पुरस्कार प्राप्त गरेका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.