www.tandavnews.com
Fact ~ In search of truth

बजाज महामेला पुस ६ देखि

पोखरा।

पोखराको सभागृहमा पुसको पहिलो हप्ता बजाज मोटरसाइकल महामेला हुने भएको छ ।

विशेष छुटका साथ मोटरसाइकल बिक्री हुनुको साथै जुनसुकै कम्पनीको पुराना मोटरसाइकल र स्कुटर दिएर नयाँ मोटरसाइकल खरिद गर्न सकिने जानकारी बजाज मोटरसाइकलका आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रालि पोखराका म्यानेजर भगवान् बिजुक्छेले बताए ।

Batas

यही पुस ६ देखि १० गतेसम्म हुने बजाज महामेलामा कम्पनीद्धारा निर्मित नयाँ मोडेलका मोटरसाइकल खरिद र साटफेर गर्न सकिने छ ।मोटरसाइकल खरिद गर्दा फाइनान्स सुविधा र विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइयो।

बजाजका मोटरसाइकलको मुल्य न्यूनतम एक लाख ९० हजारदेखि ३ लाख ४५ हजार रुपैयाँसम्मका मुल्य पर्ने मोटरसाइकल रहने आयोजक संस्थाद्धारा जनाइएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.